मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री

rajdhanidaily.com · Mon Apr 11 23:07:47 GMT 2022

इस्लामावाद । पाकिस्तानको २३औं प्रधानमन्त्रीका रूपमा शेहबाज शरिफ निर्वाचित भएका छन् । पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग–नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो ।

पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो । संसद्का ३ सय ४२ सदस्यमध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)