जग्गा अधिग्रहण मुद्दामा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी जमानतमा रिहा
nepallive.com · Wed Mar 24 19:49:00 GMT 2021
काठमाडाैं- पाकिस्तानकाे लाहोर उच्च अदालतले जग्गा अधिग्रहण मुद्दामा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज लाई जमानतमा रिहा गरेकाे छ। बुधबार अदालतले मरियमलाई १२ अप्रिलसम्म १२ बजेसम्मकाे लागि जमानतमा रिहा गरेकाे हाे।
अदालतले मरियमलाई १० लाख पाकिस्तानी रुपैयाँको जमानत जम्मा गर्न आदेश पनि दिएकाे छ। चौधरी सुगर मिलकाे १८.५ एकड जग्गा गैरकानुनी प्रयोगको लागि खरीद गरेको आरोपमा उनलाई पक्राउ गरिएकाे थियाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)