सुदूरपश्चिम प्रदेश सभा सचिवालयले रोक्यो स्वकीय सचिवहरूको तलब
rajdhanidaily.com · Thu Mar 19 23:15:26 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरूको तलब रोकेको छ । संघीय सरकारले स्वकीय सचिव राख्न नपाउने निर्णय गरेकाले प्रदेश सभा सचिवालयले सुदूरपश्चिमका सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको तलब भुक्तानी नगरेको हो ।
प्रदेश सभामुखले एक जना अधिकृत र एक जना खरिदार, उपसभामुखको पनि एक जना अधिकृत र एक जना खरिदार, चालक राख्दै आएका थिए । यस्तै संसदीय दलको नेताको चालक, कार्यालय सहयोगी सहित ४२ जना प्रदेश सभा सदस्यका स्वकीय सचिवसहित ५८ जनालाई गत असोजदेखिको तलब संघीय सरकारले असोज ६ गते पठाएको परिपत्रका आधारमा भुक्तानी नगरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । उनले संघीय सरकारको खर्च कटौति गर्ने परिपत्र अन्तर्गत प्रदेश सभा सदस्य, सभामुख र उपसभामुखका स्वकीय सचिवहरूलाई असोजदेखिको तलब हाल्न नसकिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)