लमजुङ क्याम्पसका विद्यार्थीहरू रिले अनसनमा
rajdhanidaily.com · Thu Mar 19 23:25:04 GMT 2026
लमजुङ । लमजुङको सुन्दरबजार स्थित लमजुङ कृषि क्याम्पस सुन्दरबजारलमजुङका चौथो सत्रान्त्रका सम्पूर्ण विद्यार्थीहरूले रिले अनसन सुरु गरेका छन् । यसअघि परीक्षासम्बन्धमा १४ दिनसम्म गरिएको तालाब्दी खुलाउने सन्दर्भमा फागुन ११ गत तालाबन्दी खोल्न भएको सहमतिको उल्लंघन भएको भन्दै विद्यार्थीहरू बिहीबार अनसनमा उत्रिएका हुन ।
क्याम्पस प्रशासनले पूर्वसहमति उल्लंघन गरेकोमा गम्भीर आपत्ति तथा कडा विरोध जनाउँदै एक विज्ञप्ति जारी गरिविद्यार्थीहरूले रिले अनसन सुरु गरेका हुन् । लमजुङ क्याम्पसका चौथो सत्रान्त्रका विद्यार्थीहरूले विभिन्न प्रशासनिक कमजोरीका कारण परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै गरेको तालाबन्दी फागुन ११ गते मौखिक एवम् लिखित सम्झौता गरी तालाबन्दी खोल्ने निर्णय भएको थियो । तर त्यो सहमतिको उल्लंघन भएको सो संकायका विद्यार्थी प्रतिनिधि अवसर अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)