मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचारको लोकतान्त्रीकरण र क्लेप्टोक्रेसी

rajdhanidaily.com · Thu Dec 07 23:29:20 GMT 2023

नेपालमा पञ्चायती समयभन्दा २०४६ सालको परिवर्तनपश्चात भ्रस्टाचार बढ्यो । २०६३ सालको आन्दोलनको सफलतापश्चात भ्रष्टाचारले संस्थागत स्वरूप ग्रहण गर्दै गएको छ । थोरै समयमा विविध प्रकारको राजनीतिक संक्रमणबाट ग्रसित देशका रूपमा नेपाललाई लिनुपर्छ । बितेका तीन दशकभित्र देशले धेरै प्रकारका बहुदलीय लोकतन्त्र, माओवादीको ससस्त्र विद्रोह, राजाको एकतन्त्रीय शासन हँुदै धर्मनिरपेक्ष, गणतन्त्रात्मक र संघीय शासन प्रणालीको स्थापनासम्मको राजनीतिक यात्रा तय गरिसकेको छ । यी प्रणालीको अभ्यास गर्दै जाँदा भ्रष्टाचारको विस्तार अत्यन्त ज्यादा भयो । राजनीतिक अस्थिरता, कमजोर शासन प्रणाली र संक्रमण कालको दुरुपयोग गर्दै राज्यको स्रोत साधनको दोहन व्यक्तिगत प्रयोजनमा अत्यन्त ज्यादा हुँदै गयो । यसलाई क्लेप्टोक्रेसीका रूपमा चित्रण गर्न थालिएको छ ।

क्लेप्टोक्रेसीमा एक यस्तो प्रणालीको विकास गरिन्छ जहाँ भ्रष्ट राजनीतिज्ञले राज्यको शक्ति आफंैमा केन्द्रित गराउँदैन । शक्तिको दुरुपयोग गर्दै राज्यका स्रोतसाधनको चरम दुरुपयोग गर्दछन् । शक्ति र स्रोतसाधनको आधारमा आफ्नो प्रभावलाई अत्यन्त ज्यादा वृद्धि गर्दै जान्छन् । यो चक्रले निरन्तरता प्राप्त गर्दछ । देशको अवस्था दिनानुदिन बिग्रिँदै जान्छ । यस प्रणालीमा केही तर्माराको भ्रष्ट राजनीतिज्ञसँग घनिष्ट सम्बन्ध कायम हुन्छ । यसको उद्देश्य स्रोत साधनको अपव्ययबाट व्यक्तिमा राष्ट्रको स्रोतसाधन संग्रह हुन पुग्दछ । यस अवस्थाले निरन्तरता प्राप्त गर्दछ । परिणामस्वरूप देशको आर्थिक र सामाजिक आधार नराम्ररी खलबलिन्छ । आमनागरिक राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वन्चित हुन पुग्दछन । यस प्रयोजनका लागि कर्मचारी, निजी क्षेत्र, सञ्चारमाध्यम, नागरिक समाजलगायतका सबै पक्षसँग राजनीतिज्ञले आफ्नो सञ्जाल विस्तार गरेका हुन्छन् । यही आधारमा निर्वाध रूपमा राज्यको स्रोतसाधन व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)