छिनामखुमा परम्परागत बालीको विकल्प बन्दै सुन्तला
barnanmedia.com · Thu Jun 04 23:45:18 GMT 2026

टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने तथा बजारको सहज पहुँच हुनेजस्ता कारणले किसानको रोजाइ सुन्तलाखेती बन्न पुगेको हो ।
यहाँका किसानले बारी तथा पाखो जमिनको उपयोग गर्दै सुन्तलाका बगान विस्तार गरिरहेका छन् । सामान्य सिँचाइ, मलखाद व्यवस्थापन र रोगकीरा नियन्त्रणमा ध्यान दिन सकेमा सुन्तलाबाट स्थिर आम्दानी लिन सकिने अनुभव किसान सुनाउँछन् । यही कारणले युवा पुस्तासमेत कृषि पेसातर्फ आकर्षित हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)