मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनले जित्ने हल्ला र कोरा कल्पना

rajdhanidaily.com · Wed Aug 17 23:41:59 GMT 2022

निर्वाचन नजिक आउँदै छ । निर्वाचन नजिक आउँदै गर्दा राजनीतिक दलहरूबीचमा तालमेलका कुरा चर्कोगरी उठ्न थालेका छन् । नेपालमा विचार नमिल्ने राजनीतिक दलहरूबीचमा निर्वाचनअघि नै तालमेल हुन थालेको छ । निर्वाचनको कुरा आउँदा जहिले पनि निर्वाचनभन्दा पछिको परिणामका आधारमा राजनीतिक दलबीचमा तालमेल वा गठबन्धन गरिन्थ्यो । २०७४ सालको निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रबीचमा तालमेल भएको थियो । निर्वाचनपछि पार्टी एकता नै गर्ने गरेर गरिएको गठबन्धन सफल भएको थियो । त्यो गठबन्धन अहिले गर्न थालिएको भन्दा फरक थियो । त्यति बेला माओवादी केन्द्र र एमालेबीचमा वैचारिक सामीप्यता थियो । विचार मिल्नेहरूका बीचमा एकता हुने कुरा ठूलो कुरा होइन । वामपन्थी दलका बीचमा सहकार्य मात्रै होइन, एकता हुँदा पनि त्यो अचम्मको कुरा हुँदैनथ्यो । यस्तोमा एकता प्राकृतिक कुराजस्तो हुन्थ्यो । वामपन्थी राजनीतिक दलका बीचमा सहकार्य विगतमा सत्ताका लागि भएको थियो । निर्वाचनका लागि भएको थिएन । तर, यति बेला निर्वाचनका लागि नै गठबन्धन भइरहेको छ । निर्वाचनको सन्दर्भमा हुने यस्ता गठबन्धनले नेपालको राजनीतिलाई ठिक बाटोमा लानेछैन । नेपालमा यस्तो गलत अभ्यास हुन थालेको छ । नेपाली कांग्रेसले अरू प्रजातान्त्रिक शक्तिसँग सहकार्य गर्ने कुरा सामान्य हो । वामपन्थी राजनीतिक दलले आपसमा सहकार्य गर्ने कुरा सामान्य हो । तर यति बेला कांग्रेस र कम्युनिस्टका बीचमा चुनावी तालमेल गर्न खोजिएको छ । यो तालमेल’boutमा अनेकन प्रश्न उब्जिरहेका छन् ।

निर्वाचनमा कांग्रेस र माओवादीका बीचमा सहकार्य भयो भने सम्भावित परिणाम कस्तो होला भन्ने’boutमा अनुमान गर्न थालिएको छ । एकथरीले कांग्रेस, माओवादी, समाजवादी, मधेसवादीका बीचमा चुनावी गठबन्धन भयो भने खासगरी एमाले अत्यन्त सानो आकारमा खुम्चिने अनुमान गरिरहेका छन् । गएको स्थानीय तहको निर्वाचनमा केही पालिकाहरूमा सत्तामा रहेका दलहरूका बीचमा गठबन्धन हुँदा पनि एमाले एक्लैले सानदार रूपमा जित हासिल गरेको कुरा स्मरणीय छ । सबै पार्टी एकातिर हुँदा पनि एमालेले कसरी जित हासिल ग¥यो ? जनताले गठबन्धनलाई किन मत दिएनन् ? जनताका बीचमा गठबन्धनको छाप कस्तो प¥यो होला ? गठबन्धन जनताका लागि थिएन । अघिल्लोपटक अर्थात् २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस दोस्रो शक्तिका रूपमा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)