मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

ekantipur.com · Fri Aug 25 01:15:19 GMT 2023

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ ।

उनको जमानत २ लाख डलर तय गरिएको छ । ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सह-प्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । ट्रम्पको यो चौथो आपराधिक मुद्दा हो । उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)