नेपाली नेताहरू डाकेर भाजपानिकट ‘थिंक ट्यांक’ले गर्दैछ विचार गोष्ठी
onlinekhabar.com · Tue Jan 06 10:45:41 GMT 2026

२२ पुस, काठमाडौं । भारतीय जनता पार्टी निकट थिंक ट्यांकले नेपाली नेताहरु बोलाएर विचार गोष्ठी गर्न लागेको छ । आगामी बिहीबार (जनवरी ८) मा दिल्लीमा विचार विचार गोष्ठी गर्न लागिएको हो ।
भाजपा दुई ‘थिंक ट्यांक’ विवेकानन्द इन्टरनेसनल फाउन्डेसन र सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एन्ड सेक्युरिटी इस्युजले गर्न लागेको गोष्ठीको प्रमुख वक्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले छन् ।
‘जेनजी आन्दोलनपछिको नेपाल–भारत सम्बन्ध’ विषयय गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल सहभागी हुनेछन् । पूर्वराजदूत विजयकान्त कर्ण पनि उक्त गोष्ठीमा वक्ता छन् ।
रास्वपा उपसभापति डां वाग्लेले प्रमुख वक्ताका रुपमा आफूलाई आमन्त्रण गरिएको जानकारी गराए ।
‘जेनजी आन्दोलनपछि भारतीय थिंक ट्यांकको प्राज्ञिक चासो छ । मुख्य वक्ताका रुपमा मलाई आमन्त्रण गरिएको छ,’ वाग्लेले अनलाइनखबरसँग भने,‘जेनजी आन्दोलनपछि सायद यो तहको गोष्ठी पहिलो होला । आसन्न निर्वाचनको परिप्रेक्ष्यमा छिमेकी देश भारतका वौद्धिक र प्राज्ञिक संस्थाहरुले नेपालमा के भइरहेको हो भनि चासो दिएको रुपमा यो गोष्ठीलाई बुझ्नुपर्ने हुन्छ ।’
भाजपानिकट दुई थिंक ट्यांकले यसअघि गरेका कार्यक्रममा पनि सहभागी भएका पूर्व राजदूत कर्णले जेनजीपछि अवस्थाका बारेमा बहस हुने जानकारी गराए । उनले भने,‘ती संस्थाले गरेका कार्यक्रममा म पहिले पनि सहभागी हुँदै आएको छु । जेनजीपछि नेपाल–भारत सम्बन्धका बारेमा विचार राख्ने कार्यक्रम हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)