प्रदेशको एउटै मन्त्रालयको फजुल खर्च करोडौं
annapurnapost.com · Fri Jan 21 06:18:00 GMT 2022
सुर्खेत : कर्णालीमा आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनि छन्। प्रदेशको आन्तरिक आम्दानी पनि न्यून छ। प्रदेश सरकार संघले दिने अनुदानका भरमा छ। खर्च भने मनलाग्दी गर्ने गरेको पाइएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भ्रमण, भत्ता र अनुगमनका नाममा करोडौं फजुल खर्च गरेको विवरणले देखाएको छ।
मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक खर्च विवरणमा भ्रमण र भत्ता शीर्षकमै करोडौं बजेट खर्च भएको उल्लेख छ। कोरोना महामारीकै बेला बैठक भत्ता, अन्य भत्ता, भ्रमण खर्च र तालिम तथा गोष्ठी शीर्षकमा २८ करोड २७ लाख ३६ हजार सकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)