बजेटमाः व्यक्तिगत कर छुट सीमा र भ्याटको थ्रेसहोल्ड वृद्धिको माग
lokaantar.com · Mon Apr 26 00:42:23 GMT 2021
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै निजी क्षेत्रले सरकारलाई नयाँ बजेटमा कर छुटको सीमा बढाउनेदेखि भ्याटको थ्रेसहोल्ड बढाउनेसम्मका दर्जनौं मागसहितका सुझाव दिएका छन् । उद्योगीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटमा व्यक्तिको ७ लाख र दम्पतीको हकमा ८ लाख रूपैयाँसम्म कर छुटको सीमा निर्धारण गर्न सरकारसँग माग गरेको हो ।
हाल अर्थ मन्त्रालय आगामी आवको बजेट निर्माणको तयारीमा जुटिरहेको छ । नयाँ बजेट सार्वजनिक हुने दिन आगामी १५ जेठ आउन अब करिब एक महिना मात्र बाँकी छ । अबको केही दिनभित्र अर्थ मन्त्रालयले विभिन्न क्षेत्र तथा सरोकारवाला निकायसँग लिएको सुझाव र आगामी मुलुकको अवस्थालाई ध्यानमा राखेर बजेटलाई अन्तिम रूप दिनेछ । आगामी नयाँ बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था महासंघले सरकारलाई विभिन्न सुझाव दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)