आर्थरले नचाए दर्शक
annapurnapost.com · Mon Aug 22 01:01:00 GMT 2022
काठमाडौं : आर्थर गनको नामले परिचित गायक दिवेश पोखरेलले ‘टुबोर्ग होमकमिङ टुर’मा दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका छन्। क्लब प्लाटिनममा उनले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका हुन्। कार्यक्रम ‘उनले के पीर पर्यो तिमीलाई ? ’ गीतबाट सुरु गरेका थिए। ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’जस्ता उनका लोकप्रिय गीतहरूले दर्शकको निकै ताली पाएको थियो।
दर्शकहरूले आर्थरका नेपाली र अंग्रेजी गीतहरूको मज्जा लिएका थिए। क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यू एभर सिन द रेन’जस्ता चर्चित गीतले सांगीतिक कार्यक्रमको माहोल भिन्न बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)