मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

abhiyandaily.com

काठमाडौं (अस) । नबिल बैंकले काठमाडौं महानगरपालिकाभित्र रहेका आफ्ना शाखाका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । बैंकले शाखा तोक्दै नि:शुल्क सार्वजनिक शौचालयको रूपमा आफ्ना शौचालय प्रयोग गर्न दिने भएको हो । त्यसका लागि महानगरपालिका र नबिल बैंकबीच सम्झौता भइसकेको छ । सम्झौता अनुसार अब सर्वसाधारणले महानगरभित्र रहेका बैंकमा १८ शाखाका शौचालय नि:शुल्क रूपमा प्रयोग गर्न पाउनेछन् । नगर कार्यपालिकाको १६ जेठको निर्णय अनुसार महानगरले सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउन गरेको आह्वान अनुसार बैंकले ऐक्यबद्धतास्वरूप सो सहयोग गरेको बताएको छ ।

बैंकका शाखाहरूमा महानगरले शौचालय सार्वजनिक प्रयोगका लागि भएको सूचनासहितको संकेत बोर्ड जडान गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त शौचालयको सरसफाइ र आवश्यक सामानको व्यवस्था बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने बताइएको छ । सम्झौताअनुसार बैंकले आगामी ५ वर्षसम्म सो सेवा उपलब्ध गराउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)