मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ब्रेन डेथका अंगबाट जीवनदान

ekantipur.com · Sat Feb 24 00:28:41 GMT 2024

काठमाडौँ — दुवै मिर्गौलामा खराबी देखिएपछि चार वर्षदेखि डायलासिस गराउँदै आएकी तार्केश्वर नगरपालिका–७ मनमैंजुकी २६ वर्षीया सुश्रिता थापामगरले यतिबेला नयाँ जीवन पाएकी छन् । मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको मिर्गौला पाएपछि उनलाई ठूलो राहत मिलेको हो । रोगले च्याप्दा उनका बुवा श्रीकृष्ण बितिसकेका थिए ।

रक्त समूह नमिलेपछि परिवारभित्रका आमा र बहिनीको मिर्गौला प्रत्यारोपण सम्भव नहुने भएपछि सुश्रिताले मन मारिसकेकी थिइन् । ‘नयाँ जीवन पाउँछु भनेर त सोचेकै थिइनँ,’ उनले गहभरि आँसु पारेर भनिन्, ‘कसैको परिवारमा दुःखद घटना घटेको भए पनि मैले भने नयाँ जीवन पाएँ । अंगदाता र उनको परिवारकाको सात जुनीसम्म स्वर्गमा बास होस् ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)