मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल छिरेका एसएसबीलाई सुस्ताबासीले भने – यो बिहार होइन

onlinekhabar.com · Fri Jun 12 07:42:29 GMT 2026

२९ जेठ, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी) हरू छिरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच विवाद उत्पन्न भएको हो । सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रहेका रवीन्द्र जैसवालका अनुसार स्थानीयहरूले सुरुमा सीमा पार गर्नुको कारण सोधेका थिए । तर, सुरक्षाकर्मीहरूले स्थानीयहरूको कुरा नसुनी सीमाभित्रै रहेपछि उनीहरूले प्रतिकार गरेका हुन् । एक स्थानीयका अनुसार, सीमा क्षेत्रमा एसएसबी आज बिहान गस्ती गर्न आएका थिए । हतियारसहित उपस्थित भएका सुरक्षाकर्मीहरूलाई देखेपछि नागरिकहरूले पनि आफ्नो आक्रोश पोखेका थिए । एसएसबीको निरन्तर उपस्थितिमाथि पनि प्रश्न उठाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय