अमेरिकी वायु सेनाका चार विमान युरोप उडे : जेनेभामा अमेरिका–इरान शान्ति सम्झौताको तयारी !
lokaantar.com

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच एउटा ठूलो र अप्रत्याशित कूटनीतिक विकासक्रम बाहिर आएको छ। दुई देशबीच सम्भावित शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारीका लागि चारवटा अमेरिकी वायुसेनाका 'सी-१७' विमानहरू युरोप पठाइएका छन् ।
अनलाइन न्यूज पोर्टल ' एक्सियोस 'को रिपोर्टअनुसार, यी विमानहरूले अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सका लागि आवश्यक उपकरण र सुरक्षा दस्ता बोकेका छन् । जे.डी. भान्सले नै अमेरिकाको तर्फबाट ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, जुन सम्झौता स्विट्जरल्याण्डको जेनेभामा हुन सक्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)