काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
ratopati.com · Sun Nov 09 19:11:00 GMT 2025

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा जिन्जा ग्यालरी जापान र बिन्दु स्पेस फर आर्टिस्ट नेपालको संयुक्त आयोजनामा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यसहित आइतबार काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
‘बोडरलेस स्माइल फर स्माइल’ शीर्षकमा सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । चित्रकला प्रदर्शनी सांस्कृतिक आदानप्रदान हुने एक माध्यम भएको र ती कलामार्फत आफ्नो पृथक् पहिचान, संस्कृति व्यक्त हुने तथा कलामार्फत शान्ति र सौहार्दको सन्देश पाइने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)