विपक्षी दलले गरे अर्थमन्त्रीमाथि छानविन समितिको माग
annapurnapost.com · Fri Jun 12 07:53:18 GMT 2026

काठमाडौं : बिपक्षी दलका सांसदहरुले आर्थिक विधेयकमाथिको संशोधनका बिषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । साथै उनीहरुले सीमाका बिषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने समेत जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले संसदमा दर्ता भइसकेको विधेयकमाथि कुनै पनि प्रकारको चलखेल गर्न नपाइने भन्दै संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)