१३ जनाको सामूहिक अन्त्येष्टि
ekantipur.com · Mon Nov 06 00:58:06 GMT 2023
जाजरकोट र रुकुम पश्चिम — आइतबार दिनभर भेरी किनार धूवाँले भरिएको थियो । आसपासमा रुवाबासी मात्रै सुनिन्थ्यो । जाजरकोटको रिम्ना, नलगाडदेखि रुकुम पश्चिमको आठबिसकोटसम्म भेरी नदी किनारमा सामूहिक दाहसंस्कारको दारुण दृश्यले कसैका आँखा ओभाना थिएनन् ।
शुक्रबार मध्यरातिको भूकम्पमा ज्यान गएका रुकुम पश्चिम र जाजरकोटमा प्रायः गाउँ भेरी आसपास छन् । भूकम्पले धेरै मानवीय क्षति बेहोरेको गाउँमध्येको जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी टोलका सात परिवारका १३ जनाको आइतबार एकसाथ अन्त्येष्टि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)