करण केसी डे
ekantipur.com · Tue Feb 14 16:40:56 GMT 2023
काठमाडौँ — नेपाली क्रिकेटमा फेब्रुअरी १४ वा भ्यालेन्टाइन डेलाई अब ‘करण केसी डे’ भन्ने गरिन्छ । नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रियमा रहनुको प्रमुख एउटा कारण करण नै हुन् । करणले फेब्रुअरी १४ मा खेलेको एउटा असाधारण इनिङ्सले नेपाललाई अहिलेको स्थितिमा पुर्याएको हो ।
सन् २०१८ मा नामिबियाको विन्डहोकमा नेपालले क्यानडासँग विश्व क्रिकेट लिगको डिभिजन २ मा प्रतिस्पर्धा गर्दै थियो । नेपालसँग विजयबाहेक अर्को विकल्प थिएन । विजयी भएमा नेपाल विश्वकप छनोटमा पुग्ने थियो र त्यहाँबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन प्रतिस्पर्धा गर्न पाउँथ्यो । हारले नेपाललाई डिभिजन २ मै राख्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)