अप्ठ्यारोमा परेका उद्योग व्यवसायीलाई सहजीकरण गरिदिन गभर्नर अधिकारीको आग्रह
ratopati.com · Wed Nov 22 22:38:00 GMT 2023
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् । बुधबार साँझ ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थासम्बद्ध बैंकर्स संघका अध्यक्ष, प्रतिनिधिहरूलाई केन्द्रीय बैंकमा डाकेर गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् ।
सो अवसरमा गभर्नर अधिकारीले भने, ‘असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारणले कसैलाई अफ्ठेरो परेको छ भने त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिनुस् । उद्योग व्यवसाय सहज रूपमा सञ्चालन हुने आवश्यक वातावरण बनाऔँ । त्यसको निम्ति आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक सधैँ तयार छ’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)