पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना
deshsanchar.com · Sun Apr 14 17:15:16 UTC 2024

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा छ। पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा परेको हो। समुद्रि सतहबाट दुई हजार छ सय ४० मिटर उचाइको पहाडमा रहेको सेतिनी झरना र आसपास मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ।
रघुगङ्गा–७ चिमखोलाका सप्रसाद पुनले सेतिनि झरनाको सौन्दर्य स्थानीयस्तरमै सीमित भएको बताए। “अग्लो पहाडबाट खस्ने झरना जति हेरे पनि धित मर्दैन”, उनले भने “यसको सुन्दरताको प्रचारप्रसार नहुँदा पर्यटक भित्र्न सकेका छैनन्।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)