वृक्षारोपण गरेर दाङ कांग्रेसले बीपी स्मृति दिवस मनाउने
baahrakhari.com · Tue Jul 20 17:36:00 GMT 2021
दाङ । नेपाली कांग्रेस दाङले संस्थापक नेता बीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृतिमा बुधबार शान्तिनगर गाउँपालिकास्थित बीपी नमुना माध्यामिक बिद्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको कांग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले जानकारी दिए ।
कार्यक्रम बिहान साढे ११ बजेदेखि सुरु हुने हुँदा प्रजातन्त्रमा आस्थावान सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि जिल्ला सचिव डाँगीले आह्वान गरेका छन् । महामानव बीपीको स्मृतिमा रुद्राक्ष लगायत विभिन्न जातका गरी करिब दुई सय बोट बिरुवा रोप्ने योजना रहेको सचिव डाँगीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)