नयाँ युभेन्टसलाई डोर्याउन तयार वेम्बली नायक फेडेरिको किएसा
ekagaj.com · Mon Jul 19 00:29:18 GMT 2021
काठमाडौँ- युरो २०२० सकिएसँगै युरोपका क्लबहरूको ‘प्रि-सिजन’ सुरु भएको छ । अनि यससँगै खेलाडी स्थान्तरणका खबरहरू पनि आउन थालेका छन् । यस्तोमा युभेन्ट्सका फेडेरिको किएसा बार्यन म्युनिखसँग जोडिएका छन् ।
युरोमा इटालीका लागि सशक्त खेल देखाएका किएसाको सर्वत्र प्रशंसा भएको छ । प्रशंसा गर्ने सूचीमा बार्यनका नयाँ प्रशिक्षक युलियान नागल्सम्यान पनि छन् । ‘मैले लामो समयदेखि उनको खेल हेर्दै आएको छु । उनी प्रतिभाशाली खेलाडी भएकोमा शंका छैन । विशेषगरी वान-भर्सेस-वानमा उनी खतरनाक देखिन्छन् । अनि विपक्षीको पोष्टमा बल प्रहार गर्न धेरै समय लगाउँदैनन्,’ नागल्सम्यानले जर्मन अखबार बिल्डसँग भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)