मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीप बालेर गए प्रदीप

ekantipur.com · Sun Aug 21 00:36:37 GMT 2022

काठमाडौँ — अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उनको निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।

करिब पाँच वर्षदेखि गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । पटक–पटक उपचारका लागि भारत जाने र आउने क्रम चलिरहेको थियो । यस पटक पनि लामो उपचारपछि नेपाल फर्किएका उनी साउन पहिलो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)