किसान र कृषि गणना
rajdhanidaily.com · Wed Apr 27 23:23:47 GMT 2022
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा मुलुकमा हाल झन्डै ६६ प्रतिशत किसान रहेका र कुल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । यसको साथै राज्यले कृषिप्रधान देश भने पनि भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कुल आयातको करिब एकतिहाइ अंश प्रत्यक्ष कृषिजन्य उत्पादनको रहेको छ । यसर्थ सरसर्ति हेर्ने हो भने देशको ६६ प्रतिशत किसानको मुख्य आयस्रोत कृषि नै रहेको देखिए पनि ६० प्रतिशत किसानले आफ्नो उत्पादन वर्षभरि खान अपुग भएको बताएका छन् । यसर्थ सातौं राष्ट्रिय कृषि गणनामा २५ लाख घरपरिवारलाई समेटिने कार्यक्रम रहेको बुझिएको छ । गत वैशाख ६ गतेदेखि वैशाख १९ गतेसम्म सातौं राष्ट्रिय कृषि गणना २०७९ सुरु भएको छ । यस कार्यक्रमका लागि १ अर्ब रुपैयाँ बजेट छुट्टाएको भएिको छ । यसपटकको राष्ट्रिय कृषि गणनाको नारा ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ रहेको छ । यसरी यो कार्यक्रमअनुसार ७७ जिल्लाका ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरघरमा पुगेर कृषि गणना सुरु गरिने भएको छ । यस कृषि गणनाका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्यांक विभागले बताएको छ ।
नेपालमा पहिलो कृषि गणना विक्रम सम्बत् २०१८ सालमा भएको थियो । यसअघि विक्रम सम्बत् २०२८ मा दोस्रो, २०३८ मा तेस्रो, २०४८ मा चौथो, २०५८ मा पाँचौं र २०६८ सालमा छैठौं कृषि गणना भएको थियो । यसरी केन्द्रीय तथ्यांक विभागले प्रत्येक १०÷१० वर्षको अन्तरालमा कृषि गणना सुरु गर्दै आएका छन् । यो विक्रम सम्बत् २०७८ सालको सातौं कृषि गणना हो । फलतः विश्वव्यापी कोरोनाका कारणले गर्दा अलि ढिला हुन गएको हो । तसर्थ राष्ट्रिय जनगणना सुरु भएको ६ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यसका साथसाथै यसपटकको कृषि गणनामा वैज्ञानिक विधिले छनोट गरिएका कुल ३ लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने भएको छ । यो तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)