मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेरक प्रसंग : केही सिक्ने उमेर

nayapatrikadaily.com · Tue Jan 09 00:11:00 GMT 2024

यो त्यति वेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेका थिए । भारतबाट जापान जाँदा उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही जहाजमा एक जापानी वृद्ध पनि थिए, जसको उमेर लगभग ९० वर्ष हाराहारीको हुँदो हो । ती जापानी वृद्धका हातखुट्टा थरथर कामिरहेका थिए र आँखा पनि निकै कमजोरजस्ता देखिन्थे । तर, त्यति कमजोर वृद्धि भइसक्दा पनि उनी चिनियाँ भाषा सिक्नका लागि चिनियाँ भाषासम्बन्धी किताब पढिरहेका थिए ।

स्वामी रामातीर्थ ती जापानीको लगन देखेर प्रभावित भए । उनी ती जापानी वृद्धको प्रयास देखेर चुपचाप बसिरहन सकेनन् । उनले ती वृद्धलाई सोधे, ‘यति वृद्ध भएर पनि तपाईं चिनियाँ भाषा सिक्न खोजिरहनुभएको छ । चिनियाँ भाषा त संसारकै कठिनतम भाषामध्ये एक हो । यो भाषा राम्ररी सिक्नका लागि तपाईं हामीजस्ता तेस्रो भाषाभाषीलाई निकै वर्ष लाग्छ । अनि तपाईं यस्तो कठिन भाषा कहिलेसम्ममा सिकिसक्नुहुन्छ र कहिले यसको उपयोग गर्न पाउनुहोला ?’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)