राजनीति : जालनीति र लाजनीतिको पर्याय
rajdhanidaily.com · Thu May 18 23:17:16 GMT 2023
कृष्णदाइले निधार खुम्च्याउँदै भने ‘जीवन धान्न गाह्रो भो । महँगी आकासियो । बुबा पुस्ताले खोनजोत गरेको पाखो बाँझियो । पढेका भाइ छोराले रोजगारी पाएनन्, बिदेसिए । दिन प्रतिदिन जनताको चुल्हो महँगो भयो ।’ टाउको कन्याउँदै उनले थपे, ‘समाजमा झनपछि झन् राजनीतिको उच्च तहमा पुगेकाको गरेको भ्रष्टाचारका समाचार आउने गरेका छन् । केही नेताका दुष्कर्मले गर्दा जनतामा राजनीतिप्रति नै वितृष्णा बढ्दै गयो ।’ कृष्णदाइका विचारहरू मैले चिउँडोमा हात लगाएर ध्यानपूर्वक सुनिरहेको थिएँ । उनले भने ‘श्रीमतीको स्वास्थ्य जाँच गर्न राजधानी जानु ढिला भइसकेको छ । खर्चको जोहो गर्न सकेको छैन । काठमाडांैको महँगो स्वास्थ्य उपचारको कुरा सुन्दा जान साहस आएको छैन । गत वर्ष हिमलाल काकाले काकीको उपचार गर्दा सिमल फाँटको खेत बेच्नुप¥यो । जिल्ला अस्पतालमा राम्रो उपचार हुन सक्दैन । जनतालाई अलि ठूलो रोग लाग्यो कि काठमाडांै नै जानुपर्ने बाध्यता छ । लोकतन्त्रले सर्वसाधारणलाई के दियो ? झन् पछि झन् सास्ती † कृष्ण दाइले लामो स्वास फेर्दै भने, ‘लोकतन्त्र आएपछि देश विकास हुन्छ भन्ने आशा थियो । दलले जनतालाई विकासका सपनाहरू बाँडे । जनता भाँडे । देशमा न सुशासन छ न त जनताको जीवनस्तरमा परिवर्तन भो । सिद्धान्त र इमानविहीन राजनीतिकै कारण अहिले न सामाजिक सद्भाव छ । न त लोकतन्त्रको फल जनताले पाउन सके । धत्तेरी † हाम्रा देशका राजनीतिक दल र यिनका नेता ।’
कृष्ण दाइको असन्तुष्टि रोकिएन । उनले धारा प्रवाह रूपमा थपे, ‘जनतालाई आशा थियो, लोकतन्त्र आएपछि हरेक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल बन्ने छन् । स्वास्थ्य सेवा सर्वसुलभ हुने छ । गाउँका विद्यालयमा गुणस्तरीय पठनपाठन हुने छ । कृषिमा आधुनिकीकरण हुनेछ । कृषि उत्पादनले गाउँहरू खाद्यान्न, फलपूmल, तरकारी दुग्ध पदार्थ, माछा, मासुलगायतमा आत्मनिर्भर हुनेछन् आदि इत्यादि । नेतागणले देशलाई सिंगापुर जस्तो विकसित बनाउने भाषण गर्थे । होला त नि भन्ने थियो । तर, नेताले राजनीतिलाई छलछाम गरी आयआर्जन गर्ने जालनीति बनाए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए तापनि जनताका लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेझंै भयो । यसोभन्दा उनी निकै भावुक देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)