मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकको व्याजदर वृद्धिसँगै सेयर बजारमा गिरावट

karobardaily.com · Fri Sep 17 00:35:00 GMT 2021

बैंकहरूले व्याजदर वृद्धि गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । बैंकहरूले १ असोजबाट लागु हुने गरी निक्षेपको व्याजदर बढाएसँगै कर्जा महँगो हुने अनुमानबीच सेयर बजार प्रभावित भएको हो ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै ओरालो लाग्न थालेको बजार यो साता करिब ६३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आइतबार २८७५.९८ अंकमा रहेकोमा बिहीबार २८१२.३८ अंकमा झरेर यो साताको कारोबार बन्द भएको छ । यो साता आइतबार नेप्से ७१ अंकले बढे पनि मंगलबार, बुधबार र बिहीबार भने लगातार घट्यो । मंगलबार १८, बुधबार ४० अंकले घटेको नेप्से बिहीबार एकैदिन ७६ अंकले घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)