एमालेको कार्ड लिएर गभर्नर पदमा बस्न मिल्दैन, राजीनामा नदिए बर्खास्त गर्न पौडेलको आग्रह
arthasansar.com
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । गभर्नरले गर्दा देशमा कानुनी जटिलता निम्तिएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।
नेपाल प्रेस युनियन तनहुँद्वारा बिहीबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता पौडेलले सो कुरा बताएका हुन् । पार्टीभित्र जिम्मेवार, पदमा गभर्नर एम अधिकारीको गतिविधिले नैतिक, संवैधानिक र कानुनी प्रश्न उठाएको पौडेलको भनाइ थियो । “नेकपा(एमाले)को कार्ड लिएर अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर पदमा कसरी बस्न मिल्छ ?” पौडेलले प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)