मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा दुई लाख १३ हजार नेपाली, एकजनाको वार्षिक औसत कमाइ ७७ हजार डलर

baahrakhari.com · Tue May 19 12:41:07 GMT 2026

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा नेपाली डायस्पोराको संख्या दुई लाख १३ हजार ५८० रहेको देखाएको छ । द इन्स्टीच्युट फ इन्टीग्रेटेड डेभलपमेन्ट स्टडिज् (आईआईडीएस)ले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको ‘नेपाली डास्पोरा इन अस्ट्रेलिया’ प्रतिवेदनमा सो कुरा उल्लेख छ । आईआईडीएसले उक्त अध्ययन प्रतिवेदन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासको सहयोगमा तयार पारेको हो ।

प्रतिवेदनमा अस्ट्रेलियामा नेपाली समुदायको उल्लेखनीय वृद्धि भएको देखाइएको छ । अध्ययनले सन् २०२५ सम्म अस्ट्रेलियमा नेपाली डायस्पोराको संख्या दुई लाख १३ हजार ५८० पुगेको देखाएको छ । सन् २०२१ को अस्ट्रेलियाको जनगणनाले सो समय अस्ट्रेलियामा एक लाख २२ हजार ५०७ नेपाली डास्पोरा रहेको देखाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)