अक्टोबरमा भिसा पाउन योग्य १४५० सम्म केस नम्बर हुने डिभी २०२३ का नेपाली विजेताहरु
nepalghatana.com · Mon Aug 08 16:23:56 GMT 2022
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् तर १४५० सम्म केस नम्बर हुने २०२३ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२३ को पहिलो महिना नेपालीहरुलाई १४५० केस नम्बरको सिमाबन्दी लगाइएको छ ।
इरानलाई अक्टोबरमा २५ सय सम्म केस नम्बरमा सिमाबन्दी लगाइएको छ भने एसियाका अन्य देशलाई २८ सयसम्म केस नम्बरको सिमाबन्दी छ । अफ्रिकामा अल्जेरिया, इजिप्ट र मोरक्कोलाई छुट्टै सिमाबन्दी लगाइएको छ भने बाँकी देशलाई ५७ सय सम्म केस नम्बरको सिमाबन्दी लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)