मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

हनुमानढोकामा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो

Ujyaaloonline.com · Sat Oct 21 11:50:35 GMT 2023

काठमाण्डाै – हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डाैबाट गएका ब्राह्मण जातिका छ जनाले त्याे ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्ड बाजा, पञ्जे बाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । आज पनि बडो तामझामका साथ फूलपाती भित्र्याइएको छ । पृथ्वीनारायण शाहले काठमाण्डाै राज्यमाथि विजय प्राप्त गरेदेखि गोरखाबाट काठमाण्डौ फूलपाती ल्याउने परम्परा छ । आजै राति कालरात्रि देवीको पूजा गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)