मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साम्पाङ सन्देश

annapurnapost.com · Sun Jun 25 00:30:04 GMT 2023

खासमा नेता भनेकै नेतृत्व गर्ने हो, आफ्नो अगुवाइमा अरूको मद्दत लिएर काम फत्ते गर्ने हो।

धरान सहरको सबैभन्दा ठूलो समस्या हो खानेपानी अभाव। यही मुद्दालाई लिएर स्थानीय चुनावमा होमिएका हर्क साम्पाङलाई धराने जनताले मेयर निर्वाचित गरिदिए। ठूला र पुराना पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा हर्कलाई कसैले प्रतिस्पर्धी ठानेकै थिएनन्। तर, जनताले उनैलाई चुनेर ठूला पार्टीहरूलाई झापडमात्रै हानेनन्, जनताको आवाज बोल्ने हर्कलाई जिम्मेवारी सुम्पिए। जसै हर्क निर्वाचित भए उनले पुराना पार्टीका उम्मेदवार पहिला–पहिला निर्वाचित हुँदाजस्तो व्यवहार देखाएनन्। चुनावमा आफूले जे प्रतिबद्धता गरेका थिए, त्यसैलाई कार्यान्वयन गर्न दिनरात नभनी लागिरहे। उनको अर्जुनदृष्टि अरू केहीमा नभएर धरानमा खानेपानीको आपूर्ति गर्नेमै रह्यो। धरानमा पानीको दैनिक माग त ३ करोड लिटर हो, चुनाव जितेयता हर्कको अगुवाइमा लाखौं लिटर पानी धरान झरिसकेको छ। पछिल्लो समय उनले कोकाहा खोलाबाट पानी धरान झारे जसका लागि ९८ दिनको श्रमदानको अभियानै चल्यो। मेयर हर्कले सुरुदेखि नै आफैं ढुंगागिटी र बालुवाको काम गरे। गैंची बेल्चा चलाए। जब कि आलोचकहरू मेयरको काम त्यो होइन भन्थे। हर्कले कसैको वास्ता गरेनन्, आफू अघि बढे र जनता उनका पछिपछि भए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)