मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक महिनासम्म साइटमा ठेकेदार नदेखिए ठेक्का रद्द हुनसक्ने, के छ विशेष निर्देशनमा ?

nepalpress.com · Fri Jun 12 08:18:47 GMT 2026

काठमाडौं । निर्माण कार्य सुस्त गतिमा गर्ने र निर्माण स्थल अलपत्र छाडेर हिँड्ने निर्माण व्यवसायीहरू (ठेकेदार) माथि सरकारले कानुनी कारबाही प्रक्रिया अघि बढाउने भएको छ । पूर्वाधार विकास मन्त्रालयको विशेष निर्देशन लगतै सडक विभागले मातहतका सम्पूर्ण आयोजना, योजना तथा डिभिजन कार्यालयहरूलाई परिपत्र गर्दै कडा कदम चाल्न निर्देशन दिएको हो ।

विशेष निर्देशनमा भनिएको छ– सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर सुरु ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी म्याद थप भएका समग्र प्रगति ९० प्रतिशतभन्दा कम भएका तथा विगत १ (एक) महिना भन्दा बढी अवधिदेखि निर्माणस्थलमा निर्माण व्यवसायीको उपस्थिति नरहेका ठेक्काहरू निरन्तरता दिन तथा अलपत्र अवस्थामा राख्न उपयुक्त हुने/नहुने विचार गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन गर्दछु ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय