माओवादी रूपान्तरण अभियान एक महिना थपियो
lokaantar.com · Mon Oct 30 00:30:42 GMT 2023
नेकपा (माओवादी केन्द्र)को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने पार्टी रूपान्तरण अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो ।
गत भदौ १६ गतेदेखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्ने निर्णय भएको पार्टी सचिव लीलामणि पोखरेलले बताए । घर घरमा माओवादी जन जनमा माओवादी’ भन्ने नाराका साथ शुरू भएको अभियान आगामी मङ्सिर १५ गते सक्ने निर्णय भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)