मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

काबुलमा अमेरिकाले ड्रोन आक्रमण गरेर आईएसको कार बम 'ध्वस्त पारिदियो'

baahrakhari.com · Sun Aug 29 17:49:00 GMT 2021

काठमाडौं । अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) को कार बमलाई ‘नष्ट गरिदिएको’ छ । आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती कार बम विस्फोट गर्न खोजिरहेको एक जनालाई अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर मारिदिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

कारभित्र ठुलो परिमाणमा विष्फोटक पदार्थ बोकेको कारलाई अमेरिकी सैनिकको मानवरहित विमानले आक्रमण गरेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । रोयटर्सका अनुसार आइतबार राति ११ बजेसम्म मानवीय क्षतिबारे कुन विवरण प्राप्त भएको छैन । तर, त्यसबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)