साउदीमा नेपाली श्रमिकले रोकिएको सुविधा पाउने
gorkhapatraonline.com · Wed Jan 03 00:55:24 GMT 2024
काठमाडौँ, पुस १८ गते ।
साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ । साउदीस्थित मोहमद अल मोजिल ग्रुप नामक कम्पनी अहिले पुरानै अवस्थापछि त्यो बेलामा पारिश्रमिक नपाएका ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन साउदी बोलाएको हो । पाँच वर्षपहिले उक्त कम्पनी टाट पल्टिएर बन्द हुने अवस्थामा पुगेको थियो ।वर्षौंसम्म काम गरेका नेपाली श्रमिकलाई कम्पनी नोक्सान भएर बन्द अवस्था पुगेपछि त्यत्तिकै फिर्ता पठाएको थियो । उक्त कम्पनीले नेपाली दूतावासमार्फत नेपाली श्रमिकले पाउन बाँकी पारिश्रमिक र कम्पनीको सर्त अनुुसार दिने अन्य सेवाका लागि आउन आग्रह गरेको छ । सो कम्पनीका अनुसार ५७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी रहेको थियो । दूतावासले उक्त कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूचीसमेत सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)