मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको सकस

ekantipur.com · Tue Mar 19 00:35:46 GMT 2024

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धनबाट बनेको सरकार लामो समय टिकाइरहन निकै सकस हुने देखिएको छ । आफ्नो पार्टीबाट स्वच्छ छवि भएका सांसदलाई मन्त्री बनाउनुपर्नेमा पटकपटक मन्त्री भएका, मन्त्री पदमा बस्ने भन्दा अरू काम गर्न नसकेका व्यक्तिलाई नै उनले फेरि पनि मन्त्री बनाएका छन् । अर्थमन्त्री वर्षमान पुन सुन व्यापारीसँगको सम्बन्धका कारण विवादित बनेका छन् ।

माओवादी पार्टीबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनका छोराहरू सुन काण्डमा जोडिएका छन् । उनीहरूमाथि कसरी अनुसन्धान र कारबाही हुने हो ! प्रधानमन्त्रीका विश्वास पात्र नारायणकाजी श्रेष्ठ जति पटक माओवादी सरकारमा सहभागी हुन्छ, मन्त्री बनिहाल्छन् । उनले जनताको नजरमा उपलब्धिमूलक काम खासै गर्न सकेका छ्रैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)