सप्ताहव्यापी वार्षिकोत्सव मनाउँदै सिटिजन लाइफ
abhiyandaily.com
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिकोत्सव साप्ताहव्यापी रूपमा मनाइने भएको छ । कम्पनी आउँदो बुधवार स्थापनाको छैटौं वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, नि:शुल्क स्वास्थ्य शिविर, गरीब, असहाय तथा वृद्धवृद्धालाई नि:शुल्क भोजन तथा कपडा वितरण लगायत कार्यक्रम गर्नेछ ।
त्यसैगरी सार्वजनिक स्थानमा सरसफाइ, विद्यार्थीलाई पोशाक, पुस्तक, स्टेशनरी लगायत शैक्षिक सामग्री वितरण गरिने कम्पनीको भनाइ छ । कम्पनीले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सोमवारदेखि शुरू भइसकेको कार्यक्रम कात्तिक ६ गतेसम्म सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिरी जवाफ प्रतियोगिता लगायत बीमा जागरण अभियान सञ्चालन गरिने समेत कम्पनीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)