जिल्ला समन्वय समिति खारेज गरौँ : गुरुङ
ratopati.com · Fri Feb 16 17:32:00 GMT 2024
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । शुक्रवार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति आवश्यक नरहेको बताएका हुन् । यसले सङ्घीयतालाई महँगो बनाएको तर्क उनले गरेका छन् ।
‘कि त अधिकार सम्पन्न बनाउनुपर्यो । अधिकार सम्पन्न बनाउन ४ तहको सरकार दुनियाँमा कतै छैन,’ उनले भने, ‘अहिलेको परिस्थितिमा जिससहरु नराख्दा हुन्छ । अधिकार केही दिएको छैन, संरचना खडा गरेर कार्यकर्तालाई जागिर दिने काम मात्रै हो ।’ उनले प्रदेशमा ७ वटा भन्दा धेरै मन्त्रालय आवश्यक नरहेको बताए । काठमाडौँले सङ्घीयता सफल हुन नदिन धेरै षडयन्त्रहरू गरिरहेकोमा उनले सचेत गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)