निजी क्षेत्रसँगको सहकार्यलाई संस्थागत, प्रभावकारी र विस्तार गर्नुपर्नेमा जोड
baahrakhari.com · Fri Jun 12 08:31:44 GMT 2026

काठमाडौं । दिगो र समावेशी विकासका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ संस्थागत, प्रभावकारी र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । हेल्भेटास नेपाल र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा सम्पन्न ‘समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता’ विषयक क्षेत्रीय सम्मेलनले उक्त कुरामा जोड दिएको हो ।
सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई), तीव्र श्रम गतिशीलता तथा जलवायु परिवर्तनका कारण विश्वव्यापी विकासको स्वरूप बदलिइरहेको अवस्थामा निजी क्षेत्रलाई केवल आर्थिक साझेदार नभई परिवर्तनको प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)