पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा
ratopati.com · Fri Jun 12 08:34:44 GMT 2026

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीहरूको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घरघरमा पुर्याउन थालेको छ। सरकारको नीतिअनुसार राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्याउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए।
जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच गत वैशाखमा भएको सम्झौतापछि पहिलो चरणमा तीन वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। तीन वटा राहदानीमध्ये एउटा नवलपरासीपूर्वमा दर्ता भएको रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
हुलाक सेवा