वर्षाले उपत्यकामा केही राहत, चार ठाउँमा भारी वर्षा
nepalpress.com · Fri Jul 25 16:58:59 GMT 2025

काठमाडौं। केही समययता गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्ल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । तराईलगायत क्षेत्र सुक्खा हुँदा यसपटक खण्डीकृत वर्षा भइरहेको छ । रसुवालगायत क्षेत्रमा ठूलो क्षति हुने गरी बाढी आउँदा तराईलगायतका विभिन्न जिल्ला सुक्खा बनिरहेका बेला आज पनि केही क्षेत्रमा भने भारी वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)