‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ मा जन्मघर छोड्दाको पीडा
nagariknews.nagariknetwork.com · Fri Jun 12 08:30:11 GMT 2026

‘चलचित्र ‘गौँथली’को गीत सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो।
निर्माण टिमले गीत केही फरक तरिकाले सार्वजनिक गरेको छ। गीतको मुख्य भूमिकामा रहेका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए। पञ्चे बाजा घन्किएको थियो अनि कार्यक्रमका केही अतिथि जन्तीको भेषमा औपचारिक गेटअपमा पुगेका थिए, जो बेहुला र बेहुलीको अगाडि र पछाडि लागेर नाच्दै हिँडिरहेका थिए। ठ्याक्कै विवाह घरझैँ कार्यक्रमस्थल सिंगारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)