मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा लुम्बिनी प्रदेश अधिवेशन भोलि, को–को छन् आकांक्षी ?

shilapatra.com · Fri Jun 12 08:40:11 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन भोलि (शनिबार) हुँदै छ । दाङको घोराहीस्थित उद्योग वाणिज्य संघमा आयोजना हुने लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रदेश उपसभापति शालिकराम घिमिरेले जानकारी दिए । उनका अनुसार प्रदेश अधिवेशनमा झण्डै ९ सय प्रतिनिधि सहभागी हुनेछन् । ‘पहिलो अधिवेशन भएकाले सबै साथीहरूमा छुट्टै उत्साह छ । तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ,’ उपसभापति घिमिरेले भने, ‘प्रतिनिधिका रूपमा झण्डै ९ सय सहभागी हुने आकलन छ ।’

अधिवेशनको पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । लुम्बिनीका १२ जिल्लामध्ये रुकुम पूर्वबाहेक ११ जिल्लामा अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चुन्न लागिएको हो । पालिका र जिल्ला नेतृत्वको लागि अधिकांश स्थानमा निर्वाचन भएकाले प्रदेशमा पनि सर्वसम्मत हुने सम्भावना कम देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)