माओवादी केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित
ratopati.com
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा धादिङबाट प्रतिनिधित्व गर्ने पुष्पविक्रम मल्लसहित ५ जना सो पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा मल्लसहित शालिकराम जम्मकट्टेल, दीपा सिंखडा, ओमनाथ ढुंगाना र कल्पना धमलाको रहेका छन् । जिल्लाका पुराना र जिउँदा शहीद भनेर चिनिने रामबहादुर भण्डारी भने केन्द्रीय समितिमा अटाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)