भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला श्रीलङ्कालाई
Ujyaaloonline.com · Fri Jul 30 01:05:40 GMT 2021
काठमाण्डाै - घरेलु टिम श्रीलङ्काले भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला जितेको छ । कोलम्बोमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित हराउँदै श्रीलङ्काले श्रृङ्खला २–१ ले आफ्नो बनाएको हो ।
भारतले दिएको ८२ रनको लक्ष्य श्रीलङ्काले १४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले अविजित रहँदै २३ र वानिन्दु हसरङ्गाले १४ रन बनाए । यस्तै मिनोद भानुकाले १८ रन जोड्दा अभिष्का फर्नान्डोले १२ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)