मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कटारीको चुरे क्षेत्रमा पशुपंक्षीको चोरीसिकारी बढ्यो 

onlinekhabar.com · Mon Jun 03 14:32:32 UTC 2024

२१ जेठ, उदयपुर । उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा चोरीसिकारी बढेको छ । कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढेको हो ।

सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेसजस्ता पशुपंक्षीहरु सिकार गर्ने गरेको कटारी–३ का स्थानीय डबबहादुर परियारले जानकारी दिए । ‘२० नाल जति भरुवा बन्दुक लिएर सिकारीहरु आउने गर्छन्’, उनले भने, ‘पानी पर्न थालेपछि जन्तुहरुको पाइला हेरेर सिकार गर्न सजिलो हुने रहेछ त्यसैले अहिले सिकारीहरु जङ्गलभरि सक्रिय छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)