धादिङमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
annapurnapost.com · Tue May 19 13:14:07 GMT 2026

काठमाडौं : धादिङको थाक्रे गाउँपालिका-६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ की ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)